काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कर्पियो दुर्घटनामा परेको छ ।
बिहीबार रामेछापको गोगनेमा उपसभापति गुरुङ सवार स्कर्पियो दुर्घटना परेको हो । उद्यपी कुनै क्षती भने भएको छैन ।

गोगनेमा स्कर्पियो अचानक सडक किनारबाट तल गएको तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले थप दुर्घटना हुनबाट जोगिएको उपसभापति गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
‘ठुलो घट्ना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुसल छौं।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया