काठमाडौं । नेपालबाट कोरिया जान लागेका कोरियन नागरिक जङ जोन जुन कस्तुरीको बिनासहित पक्राउ परेका छन् ।
मंगलबार कोरियन एयरको उडानमार्फत काठमाडौंबाट कोरिया जना लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा दुवै जुत्तामा लुकाएर राखिएको अवस्थमा बिना फेला परेको थियो ।
प्रत्येक जुत्तामा १/१ पोकाको दरले राखिएको ७१६ ग्राम तौलको बिनासहित प्लास्टिकमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया