काठमाडौं । चौथो बिमस्टेक बैठकमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् ।म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन्। सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो।

विन मिन्ट बर्मी राजनीतिज्ञ र पूर्व राजनीतिक कैदी हुन् । उनी ३० मार्च २०१८ देखि म्यानमारको १० औं राष्ट्रपतिको रुपमा सेवा गरिरहेका छन् । सन् २०१६ देखि २०१८ सम्म उनी प्रतिनिधि सभाका अध्यक्ष थिए । उनले २०१२ देखि २०१८ सम्म प्रतिनिधि सभाको संसद पनि थिए । उनले र भूगोलमा विज्ञानका विद्यार्थी हुन् । उनले कलेजबाट डिग्री पुरा गरे पछि १९८१ मा उच्च अदालतको वरिष्ठ वकिल भए त्यस लगत्तै सर्वोच्च अदालतको वकिल । उनी १९८५ मा उच्च अदालतको अधिवक्ता भएका थिए । उनी जेल जीवन पनि बिताएका छन् ।
उनी जेलबाट बाहिर आएपछि सन् १९९० मा सामान्य निर्वाचनमा बहुमतले जित हाँसिल गरेका थिए । तर उनलाई सिट भने दिइएन ।
त्यसपछि उनी २०१२ मा निर्वाचनमा जितेर राजनीतिमा आए । उनी सचिव संसदको नियम कानून समितिमा थिए ।२०१५ को म्यानमारको निर्वाचनमा उनी सांसद भए । २०१८ मार्चमा भएको राष्ट्रपतिको निर्वाचनमा ६ सय ३६ सांसदहरु मध्ये ४ सय ३ जनाले उनको लागि मत हालेका थिए ।
मिनटले १७ अप्रिल २०१८ मा ८ हजार पाँच सय ५१ जना विदेशी र ३६ राजनीतिक कैदीहरुलाई क्षमादान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया