काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनका लागि आज मनोनयन हुने भएको छ ।
सत्तारुढ नेकपाले मनोनयनका लागि चर उम्मेदवारमा पर्शुराम मेघी गुरुङ, भैरवसुन्दर श्रेष्ठ, रामनारायण बिडारी र दिलकुमारी रावल थापा (पार्वती) को नाम टुंगो लगाइसकेको छ ।
नेकपा स्रोतका अनुसार दिगो विकासमा श्रेष्ठ, विधायन व्यवस्थापनमा गुरुङ, प्रत्यायोजित व्यवस्थापनमा बिडारी र राष्ट्रिय सरोकारमा थापाको नाम सभापतिमा प्रस्तावित छन् ।
५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन् । विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। सभामा सत्तारुढ दलको दुई तिहाइ छ ।
राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको छ । सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ । सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया