नेपाल स्काउटको ७१औँ स्थापना दिवस

लोकपथ
56
Shares

काठमाडौं । नेपाल स्काउटले आइतबार ७१औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ । स्काउटको राष्ट्रिय कार्यलयमा आफनो ७१औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पुर्याउने बताए ।

उनले स्काउटमा विभिन्न फोरमहरुमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको बताए । संयोजक भण्डारीले स्काउट नयाँ ढङ्गले प्रत्येक विद्यालय,पालिकामा सक्रिय बनाउने योजना रहेको बताए। उनले स्काउट स्वयंसेवीका रुपमा प्रत्येक घरघरमा पुग्ने बताए । अब एक घर एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उनको भनाइ छ ।

स्काउटको अबको भभियान भनेको प्रत्येक घरका एक जना बालबालिलाई एक दिन अनिवार्य स्काउटको शिक्षा लागू गरिने संयोजक भण्डारीले बताए । उनले स्काउटको मुलुकभर रहेका सम्पतिको संरक्षण गर्नु प्रमुख दायित्व भएको बताए।

स्थापना दिवसको अवसरमा नेपाल स्काउटले स्काउटको विकास र बिस्तारमा अतुलनीय योगदान गरेको भन्दै चन्दन कौशिकलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैँडा प्रदान गरेको छ । यस्तै कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको छ । नेपाल स्काउटले देशभर ७१ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?