आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुँदै

लोकपथ
133
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

सरकारले वरिष्ठलाई पन्छाउँदै कनिस्टलाई आईजीपी नियुक्त गरेको भन्दै अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाले सरकारविरुद्ध रिट दायर गरेका थिए ।

यसअघि उक्त मुद्दाको पेशी तोकिएपनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो ।

आज कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दा परेको छ ।

सरकारले गत वैशाख १८ गते प्रहरीले प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेसँगै त्यसको विरुद्ध पोखरेल सर्वोच्च गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?