देशैभर मतदाता नामावली र राष्ट्रिय परिचय पत्र वितरण हुँदै, तपाइँ छुट्नुभयो कि ?

लोकपथ
350
Shares

काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ ।

निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरेको छ ।

परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरु बिहान ४ बजे देखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौं महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले बताए। उनले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए। श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रियपरिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुबै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्ने बताए ।

त्यस्तै,अर्का सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यलयले सभागृहमा पठाए पनि सभागृहमा आज काम नहुने भोली मात्रै काम हुने भनेको बताए। उनले आफ्नो छोरीको समेत राष्ट्रिय परिचय पत्र बनाउन लागेको बताए। बोहोराले विहान देखि लाइन बसियो तर पालो आएपछि आज काम नहुने भनेर फर्किन लागेको बताए। उनले छोरी विदेश पढ्न जानको लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकोले राष्ट्रिय परिचय पत्र बनाउन आएको बताए ।

बोहोराले स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गछौं भन्ने तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?