१८ औँ ‘एशियाड’: प्याराग्लाइडिङको एक्कुरेसीमा इन्डोनेशियाले स्वर्ण जित्दा नेपाल आठौँ स्थानमा

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा  प्याराग्लाइडिङमा आयोजक इन्डोनेसियाको पुरुष टिमले एक्कुरेसीमा स्वर्ण पदक जितेको छ। 

बुधवार भएको पुरुष टिम स्पर्धामा इन्डोनेसियाले स्वर्ण पदक हात पारेको हो । त्यस्तै, कोरियाले रजत तथा थाइल्याण्डले कास्य पदक जित्यो । 

यता, नेपाली टिम भने आठौँ भएको छ । १५ टोली सहभागीमध्ये नेपाल आठौँ स्थानमा रहेको हो । 

त्यस्तै, महिला टिम एक्कुरेसीमा ९ टिममध्ये नेपाल सातौँ भएको छ । यस स्पर्धामा थाइल्याण्डले स्वर्ण पदक, आयोजक इन्डोनेसियाले रजत तथा कोरियाले कास्य जितेको छ।

पुरुष र महिला दुवैको व्यक्तिगत एक्कुरेसीको फाइनल भने भोली (बिहीवार) हुनेछ। शुक्रवारबाट पुरुष र महिलाको टिम क्रसकन्ट्रीको विधाको खेलहरु शुरु हुनेछ।

नेपालले पदकको आशा गरेको यस विधामा नेपाली खेलाडीहरुले पनि भाग लिदैंछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?