हेटौँडा । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया