लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

लोकपथ
168
Shares

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालमा भर्ना भएकी छिन् । प्रहरी हिरासतमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति १ बजे लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी हुन् ।

उनको शरीरमा रक्तचाप र सुगरको मात्रा बढी देखिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार रगत लगायत अन्य जाँचको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

वली मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?