फुटपाथ र सार्वजनिक स्थानमा साइकल चलाउने दुई भ्लगरमाथि कारबाही

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानहरुमा साइकल चलाएर दुःख दिने दुई जनालाई प्रहरीले कारबाही गरेको छ ।

उपत्यकाका फुटपाथ तथा सार्वजनिक स्थानहरुमा साइकल चलाई भ्लग बनाउने भन्ने जनगुनासोको आधारमा प्रहरीले उनीहरुलाई कारबाही गरेको हो ।

बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले उनीहरुलाई सचेत समेत गराएको छ ।

‘फुटपाथ लगायत सार्वजनिक स्थानहरूमा साइकल चलाएर सर्वसाधारणलाई दुःख दिएको भनि यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक र ट्विटर पेज लगायत अन्य विभिन्न माध्यमहरूबाट जन गुनासो प्राप्त हुन आएकोमा निज साइकल चालकलाई यस कार्यालयमा उपस्थित गराई उपयुक्त कारबाही गरिएको छ ।’ महाशाखाले जनाएको छ ।

उनीहरुले सार्वजनिक स्थान तथा फुटपाथमा साइकल चलाएर सर्वसाधारणलाई अत्ताउने तर्साउने लगायतको क्रियाकलाप गरेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?