काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटा विक्री गर्न काठमाडौं आइपुगेका ओखलढुङ्गा सेर्नाका १९ वर्षीय निफुरी शेर्पालाई ‘खपेटा’ के काममा प्रयोग हुन्छ थाहा छैन ।
तर, उनमा अनौठो लोभ र भ्रम छ, सालकको खपेटा विक्री गर्न सकेमा लाख रुपियाँ कमाइ हुन्छ । यही लाख रुपियाँ कमाईको प्रतिक्षामा रहेका शेर्पालाई प्रहरीले सोह्रखुट्टेबाट पक्राउ ग-यो ।
महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटेको टोलीले उनलाई ९५५ ग्राम खपेटा सहित पक्राउ गरेको हो । पक्राउ पर्दै गर्दा उनले सालकको खपेटा विक्री गर्दा लाख रुपियाँ कमाइ हुने बाहेक अन्य जानकारी नभएको बताए ।
उक्त खपेटा खरिद गर्ने ब्यक्ति को हो ? उनलाई त्यो पनि थाह छैन । तर, अर्कैको देखासिकीमा लागेर सोलुबाट सालक मारेर काठमाडौं आएका शेर्पा लाखको कमाइमा होइन उल्टै जेल सजाय भोग्न बाध्य भएका छन् ।
पछिल्लो समयमा दुर्लभ बन्यजन्तु सालक र रेडपाण्डाको चोरी शिकारी आश्चार्यढंगले बढी रहेको छ । यी दुइटै जनावारको मासु खानका लागि चोरी शिकारी भने बढेको होइन ।
प्रहरी भन्छन्–यस्ता दुर्लभ जनावरको अनावश्यक रुपमा चोरी शिकारी हुने गरेको छ । जस्का कारण गाउँघरका सर्वसाधारण अपराधीको रुपमा फसिरहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरले प्रत्येक हप्ता रेडपाण्डा र सालकको छाला बरामद गर्ने गरेको छ ।
महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले सालक, हाब्रे र रेडपाण्डाको चोरी शिकारी बढ्नुमा सर्वसाधारणमा अनौठो भ्रम रहेको बताउछन् । जस्का कारण सर्वसाधारण फस्ने गर्छन ।
दुर्लभ बन्यजन्तुको छाला र कत्लाहरु विशेष गरी विदेशी (चिनियाँ) नागरिकले खरिद गर्ने भएकाले चोरी शिकारी बढेको भनाई उनको छ ।
आर्थिक रुपले सम्पन्न र धनाढ्य ब्यापारीहरुले बाघको छाला, दाह्रा, रेडपाण्डाको छाला र कत्लाहरु निवासमा सजाएर राख्ने भएकाले यस्तो समस्या देखिएको हो ।
जानकारहरु भन्छन्– दुर्लभ बन्यजन्तुको चोरी शिकारी गर्नेहरुलाई लाखौं रुपियाँको सपना देखाइएको हुन्छ तर, यथार्थमा त्यस्तो केही हुँदैन ।
दुर्लभ बन्यजन्तुको अनावश्यक चोरी शिकारी हुने गरेको भनाई उनीहरुको छ । गाउँघरमा एकले अर्कोलाई फसाउनलाई पनि यस्तो गरेको हुन सक्ने देखिन्छ ।
विदेशीहरुले पनि रेडपाण्डा र सालकको खपेटा खरिद गरेको प्रमाण भेटिएको छैन एक प्रहरी अधिकारी भन्छन्–सोझासिधा जनतालाई फसाउन गाउँघरका टाठाबाठाहरुले लाख आउँछ भन्दै दुर्लभ बन्यजन्तुको चोरी शिकारी गर्न लगाइ राजधानी पठाउछन र आफै सुराकी दिएर पक्राउ गर्न लगाउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया