काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा मृत अवस्थामा फेला परेका छन् ।
सोमबार बिहान काठमाडौंको बबरमहलस्थित आफ्नै निवासको कोठामा घाँटी रेटिएको अवस्थामा झा शव फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थल पुगेर कोठाको ढोका खोल्दा झा मृत अवस्थामा फेला परेको र उनीसँगै एउटा चक्कु पनि फेला परेको प्रहरीले बताए ।
८० वर्षीय झा बबरमहलस्थित निवासमा पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए ।
झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए भने उनी फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया