‘सरकारले अनावश्यक कर बढायो’

बैतडी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले अनावश्यकरुपमा कर बढाएको बताएका छन् ।

पूर्वमन्त्री विश्वकर्माले सरकारको नेतृत्व गरेको दलले निर्वाचनका बेला जनतासामु गरेका वाचा पूरा गर्न नसकेको आरोप लगाउँदै जनतामाथि बोझ मात्र थपेको बताए ।

काङ्ग्रेस बैतडीमा देखिएको विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै आज यहाँ आएका नेता विश्वकर्माले सरकारका गलत गतिविधिका विरुद्ध बलियो प्रतिवाद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?