नेकपाका प्रवक्ता प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न आदेश

काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थप तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । 

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरेपनि जिल्ला अदालत काभ्रेले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रकाण्डमाथि काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोप छ । 

प्रहरीले अनुसन्धानका लागि समय लिन प्रकाण्डलाई आइतबार अदालत पेश गरेको थियो ।

त्यस्तै गत शुक्रबार सर्वोच्च अदालतले रिहाइको आदेश दिएको केहि मिनेटमा नै प्रहरीले पुन ‘प्रकाण्ड’ पक्राउ गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?