पेस्तोल र ३४ राउण्ड गोलीसहित नेपालगञ्जबाट एक युवक पक्राउ

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट एक थान एयर गन र ३४ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

क्रममा जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय बिकलाई चेकजाँच गर्ने क्रममा एसएमजी जस्तो देखिने १ थान एयर गन र सोही हतियारमा प्रयोग हुने ३४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने वर्ष १६ का दिपक बिकको साथबाट फलामको चेन फेला परेको जिल्ला प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?