काठमाडौं । पशुपति आर्यघाटमा मलामी बस्ने मेचमा बस्दा करेन्ट लागेर शनिवार एक जनाको मृत्यु भएको छ ।
का.म.पा ७ मित्रपार्क, गन्धर्व टोल निवासी वर्ष ४० का पुष्प गन्धर्वको उपचारको क्रमा मृत्यु भएको गौशला प्रहरी कार्यलयले जनाएको छ । करेन्ट लमगेपछि उनलाई उपचारको लागि काठमाडौं मेडकल कलेज लगिएको थियो ।
पर्यटक घुमाउनलाई उनी पशुपति गएका थिए । उनी बसेको मेचमा तल नाङगो तार रहेको प्रहरीले जानकारी दिएको छ ।
पशुपति क्षेत्र विकास कोषको लापरबाहीको कारण सो घटना घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया