कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
70
Shares

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोक साडेपानीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय तारा रावल रहेकी छिन् । ठक्करबाट गम्भिर घाइते भएकी रावलको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदुर पश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराती सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय सुखड कैलालीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?