धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
56
Shares

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराती ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो ।

काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?