हनुमन्ते नदी सफाइको आज २५ औं हप्तामा, ६ टन फोहर संकलन

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा प्रवेश गरेको छ । 

मध्यपुरथिमि नगरपालिकाको लोकन्थलीदेखि जडीबुटीसम्मको क्षेत्रमा भएको सरसफाइको आज नेपाल रेडक्रस सोसाइटी भक्तपुरका अध्यक्ष मनोजकुमार थापाले शुभारम्भ गरेका थिए । 
आजको सरसफाइबाट  ६ टन फोहर सङ्कलन गरिएको छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्ने कामलाई अब सधैँको लागि बन्द गर्नुपर्ने बताउँदै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै ढल खोलामा बग्न बन्द हुने बताए । 

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न सङ्घ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । 

सन् २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २६६ टन फोहर सङ्कलन भएको र अहिलेसम्मको अभियानमा ३७० जनाको प्रत्यक्ष सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?