सप्तरी गोलीकाण्डबारे ओलीले भने,‘न म सरकारमा थिएँ, न मेरो नेतृत्वमा सरकार थियो’

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा भएको गोलीकाण्ड बारे बोलेका छन् । 

शनिबार प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो पटकको मधेश भ्रमणका बेला सप्तरीमा भएको गोलीकाण्डबारे बोलेका हुन् । ‘म आफ्नो कुरा मधेशका नागरिकलाई सुनाउन सप्तरी गएको थिएँ । तर, एक्कासि गोली चल्यो । गोली किन चल्यो ? कसले चलायो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘न म सरकारमा थिएँ, न मेरो नेतृत्वमा सरकार थियो ।’

त्यस्तै संविधानप्रतिको विवादका विषयमा प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएको भन्दै जनताको चाहना अनुसार संशोधन हुने बताए । उनले प्रदेश सांसदहरुलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरुलाई संविधानमा विभेद छ भन्ने लागेको छ भने भन्नुस्, हामी संशोधन गर्छौं । हामी पहिलादेखि नै विभेदविरुद्ध लड्दै आएका छौं ।’

यसैगरी प्रदेश २ को आठवटै जिल्लामा जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन समेत प्रदेश सरकारलाई आग्रह प्रधानमन्त्री ओलीले प्रत्येक जिल्लामा १ हजार घर निर्माण गर्न प्रदेश सरकार र स्थानीय सरकारले एकीकृत वस्ती निर्माण गर्न जोड दिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?