काठमाडौं । बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघर मण्डलामा गरिएको विरोध पद्रर्शनमा प्रहरीले दमन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा बलात्कारका विरुद्ध प्रदर्शनमा उत्रेका अर्धनग्न महिलामाथि प्रहरीले दमन गरेको हो ।
प्रहरीले केही महिलालाई पक्राउ समेत गरेको थियो । ‘बलात्कारी फाँसी दे’ को नारा लगाउँदै आन्दोलनमा अर्धनग्न महिला र समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीले एक युवालाई कमिज च्यातिने गरी हातपात समेत गरेको छ ।

आन्दोलनकारीले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले आक्रमण गरेको आरोप लगाएका छन् । अहिले पनि आन्दोलितले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् । सयौंको सङ्ख्यामा स्वतस्फूर्त रुपमा सडकमा उत्रेका प्रहरीले हातपात गरेको भन्दै विरोध समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया