दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् ।
आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाडौंबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर विश्वकर्मा गम्भीर घाइते भएका हुन ।
घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया