जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का संसदमा सम्बोधन सुरु गरेका छन् ।
यद्यपी उनको सम्बोधन चल्दै गर्दा राजपा नेपालका सांसदहरुले भने विरोध गरिरहेका छन् ।
सांसद रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध गरेका हुन् ।
विरोधका बीच सभामुखले ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसअघि ओली जनकपुर विमानस्थलमा पुग्दा राजपाका मन्त्री जितेन्द्र सोनल बाहेक अरु मन्त्री अनुपस्थित थिए ।
ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।
ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया