दाङ । जिल्ला प्रशासन कार्यालय दाङले आज (शनिबार) पनि सेवा प्रदान गरिरहेको छ ।
जिल्लामा सेवाग्राहीलाई मध्यनजर गर्दै शनिबार पनि कार्यालय खुला गरि सबै सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गजेनद्रबहादुर श्रेष्ठले जानकारी दिए ।
विभिन्न क्षेत्रमा काम गरिरहेका सर्वसाधारणहरुलाई सेवा प्रदान गर्ने हेतुले शनिबार पनि कार्यालय सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
बिदाको दिन सेवा लिन सहज हुने तथा शुक्रबार काम नसकिएकाहरु शनिबार काम नहुने बाध्यता अन्त्य गर्नका लागि शनिबार दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका स्थानीय तहसँग पनि जनतालाई सहज सेवा दिने सम्बन्धमा समन्वय गरेरै निर्णय गरिएको जनाएको छ ।
दाङको जिल्ला प्रशासन कार्यालयले गएको वर्षको दसैँको बिदामा पनि सेवा प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया