काठमाडौं । बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको बाढीले आधा भाग बगाएको छ । गएराति परेको अविरल वर्षापछि आएको बाढीले पुल बगाएको हो ।
पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । पुलमा क्षति पुगेपछि बजारका स्थानीयमा त्रास फैलिएको छ। बजार जोड्ने पुलको कुनाको भागलाई बाढीले हुत्याएर सुनकोसी छेउमा पुर्याएपछि पुलको एकछेउ ढल्किएको हो । पुल खतरामा भएपछि सवारीसाधनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ। पुल जोखिममा परेपछि त्रासमा यस क्षेत्रका सवारीसाधान जान नमान्ने भएपछि डराउदै यात्रु पैदल यात्रा गर्न बाध्य भएका छन्।
प्राविधिकहरु निरीक्षण पछि मात्रै यातयात सञ्चालन हुने भए पनि डिभिजन सडक कार्यालय, दोलखाले क्षतिग्रस्त पुलको अध्ययनको बेवास्ता गरेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको भनाइ छ ।
पुलमा क्षति भएपछि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ।
पुलको दुवैतर्फको जप आधा सरेपछि त्यहाको जनजीवन र सवारी आवतजावत प्रभावित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया