हात्तीसारस्थित एक रेष्टुरेन्टमा एक युवती बलात्कृत

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौं हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक युवती बलात्कृत भएकी छिन् । रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले रेष्टुरेन्टका वेटरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?