महाधिवेशन गर्न नेविसंघलाई तीन महिना थप

काठमाडौं–नेविसंघमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू महाधिवेशन गर्न तयार भएपछि नेविसंघको म्याद तीन महिना थप्न माउपार्टी कांग्रेस तयार भएको छ । नेविसंघका प्रमुख नेतृत्वले सहमतिमै आगामी २ मंसिरमा महाधिवेशन गर्न सकिने कार्ययोजना ल्याएपछि पार्टी म्याद थप्न तयार भएको हो ।

यसअघि निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । उनीहरूले सहमतिमा २ मंसिरदेखि महाधिवेशन गर्न सकिने गरी कार्यायोजना ल्याएको समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?