बागमती आयल इन्डष्ट्रिजको गुणस्तर शंकास्पद, उत्पादन रोक्का

काठमाडौं– बागमती आयल इन्डष्ट्रिज, कटहरी मोरङको गुणस्तर शंकास्पद देखिएको भन्दै उत्पादन रोक्का गरिएको  छ ।  

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा क्षेत्रीय कार्यालय विराटनगर, वाणिज्य कार्यालय मोरङ र क्षेत्री खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय  विराटनगरको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा बागमती आयल इन्डष्ट्रिजको गुणस्तर शंकास्पद भेटेपछि  उत्पादन रोक्का गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

यस्तै विभिन्न ११ वटा उद्योग तथा फर्मबाट विभिन्न  बस्तुहरुको नमुनाहरु संकलन गरी परीक्षणको लागि नेपाल गुणस्तर तथा नापतौल विभाग र  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइएको पनि पुडासैनीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?