गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय

लोकपथ
0
Shares

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?