तालमा डुबेर एकजनाको मृत्यु

लोकपथ
0
Shares

कैलालीको टिकापुरमा तालमा डुबेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?