काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकाे सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११औं अधिवेशनको १७औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया