काठमाडौं । अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको इन्धनको मुल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको हो ।
नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।
यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २.६ प्रतिशत, तराईका बाटमा सञ्चालन हुनको २.९ प्रतिशत भाडा घटेको छ ।
कुन ठाउँको भाडादर कति ? विवरण हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया