सफ्टवेयरको ‘सोर्स कोड’ चोरी गरी बिक्री गरेको आरोपमा एक जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् ।

‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरीको साइबर ब्‍यूरोले पक्राउ परेको हो । उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्‍न स्थानीय तहमा बिक्री गर्दै आएका थिए ।

पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?