ह्वात्तै बढ्यो गर्मी, स्वास्थ्यमा ध्यान दिन आग्रह

लोकपथ
0
Shares

एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

‘अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ’, उनले भनिन् ।

कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ ।

गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए । ‘अझै केही दिन तापक्रम बढ्छ’, उनले भने ।

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्‍याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?