संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरो जाँदा दुई जना मजदुर पुरिएका छन् । सडकखण्ड निर्माणको क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
ती मजदुर नुनढाकी सडकखण्ड निर्माण गर्दै थिए । सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया