१. तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शव पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स छानबिन समितिलाई हस्तान्तरण गरिने ।
२. मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय, आईएफआर जडान भएका विमानले भने उडान अनुमति पाउने ।
३. सामाजिक सुरक्षा भत्ता पाँच हजार नपुर्याएको भन्ने विष्णु पौडेलको अपत्तिमा तपाईँको घोषणापत्र यो सरकारले किन लागू गर्ने भन्दै मिनेन्द्र रिजालले गरे प्रश्न, बजेट समयानुकूल रहेको तर्क ।
४. अर्थमन्त्रीले कमिसन नआउने क्षेत्रको लागि बजेट नछुट्याएको नेकपा एमालेका सांसद योगेश भट्टराईको आरोप, शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट घटाइएको प्रति आपत्ति ।
५. आईजीपी नियुक्तिविरुद्धको रिट मंगलबारको इजलासमा ‘हेर्न नमिल्ने’ सूचीमा, मुद्दाको सुनुवाइ आगामी जेठ ३० गते एकसाथ हुने ।
६. आगामी आर्थिक वर्षको बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्लेकीराजस्तो भएको विष्णु पौडेलको प्रतिक्रिया, सरकारले लिएको आठ प्रतिशत आर्थिक वृद्धिदर पूरा हुन नसक्ने दाबी ।
७. भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने नेपाली कांग्रेसका सांसद विनोद चौधरीको भनाइ, आर्थिक विकास र बेरोजगार कम गर्न प्रदेशलाई जिम्मा दिनुपर्ने तर्क ।
८. आज वल्र्ड नो टोब्याको डे, विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ८० लाख र नेपालमा वार्षिक २७ हजारको मृत्यु हुने गरेको तथ्यांक ।
९. वर्षाको समय नजिकिएपछि मेलम्ची सुरुङको मुखढोका बन्द गरियो, अब मेलम्चीको पानी कात्तिकपछि मात्रै आउने ।
१०. कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समयतालिका सार्वजनिक, जेठ २९ गतेदेखि सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने ।
११. सेयर बजारको ओरालो यात्रामा मंगलबार पनि निरन्तरता, नेप्से परिसूचक २१३७ बिन्दुमा ओर्लियो, कारोबार रकममा पनि सुधार आउन सकेन ।
१२. अस्ट्रेलियामा लेबर पार्टीले जुटायो बहुमत, एक तिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए ।
१३. अफ्रिकी देश चाडको सुनखानीका मजदुरहरूबीच भएको झडपमा करिब एक सय जनाको मृत्यु, सुन झिक्ने विषयमा विवाद भई झडप हुँदा ४० जनाभन्दा बढी घाइते ।
१४. च्याम्पियन्स लिग फुटबलको टिम अफ द सिजन सार्वजनिक, रियल र लिभरपुलका चार÷चार, चेल्सी, सिटी र पीएसजीका एक÷एक जना खेलाडी चुनिए ।
१५. र, नेपाली क्रिकेट टोलीले स्कटल्याण्डमा खेल्ने सिरिजको खेलतालिका सार्वजनिक, तालिकाअनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध जुलाई ११ मा खेल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया