सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरीरका विभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अवस्थामा मृत फेला परेका थिए ।
मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनि केही समयमै उनको पहिचान खुलेसँगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा उनको हत्यामा धरान-१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया