नव निर्वाचित नगरप्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

लोकपथ
182
Shares

उदयपुर । उदरपुरको कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतको रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । सोमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि कोष स्थापना गर्ने बताए ।

आफूले पाउने सेवा सुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ ।

यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?