जहाज दुर्घटनामा मृत्यु भएकाहरुको थप शव आज ल्याइने

लोकपथ
49
Shares

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव मंगलबार काठमाडौं ल्याइने भएको छ । यसअघि सोमबार १० जनाको शव काठमाडौँ ल्याइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव काठमाडौँमा ल्याइएको हो ।
११ वटा शव अहिले घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?