काठमाडौंमा मंगलबार बिहान वर्षा भएको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । सोही प्रभावका कारण मौसम प्रतिकुल हुँदै आएको छ ।
जल तथा मौसम पूवार्ननुमान महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया