अविवाहितले वार्षिक ५ लाख रुपैयाँसम्म कर तिर्न नपर्ने

लोकपथ
0
Shares

काठमाडौं । अबदेखि अविवाहितले वार्षिक ५ लाख रुपैयाँ आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन ।

उनीहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे पुग्ने छ ।

अहिले अविवाहित व्यक्तिको हकमा चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्छ ।

दम्पत्तिको हकमा भने यस्तो करको सीमा ४ लाख ५० हजार रहेको छ ।

२०७९/८० को बजेट प्रस्तुत गर्दै जनार्दन शर्माले यस विषयमा जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?