काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।
आइतबार बिहान ९ः५५ बजे पोखरमबाट चालक दलका सदस्यसहित २२ जना बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए ।
विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार भएकाे जानकारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया