समाज कल्याण परिषद्का सदस्य सचिव भट्टमाथि छानविन हुने

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट मन्त्रालय तानिएका छन् ।   

परिषदमा अनियमितता गरेको उजुरी आएपछि छानबिन गर्न भन्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सदस्य सचिवको जिम्मेवारीबाट हटाएर भट्टलाई साउन २३ गते मन्त्रालय तानेको हो । 

अनियमितता भएको भन्ने उजुरी आएपछि छानबिन गर्न लागिएको हो । परिषद्का उपाध्यक्ष निलमणि बरालले भने, ‘सदस्य सचिव भट्टलाई हटाएको, बर्खास्त गरेको वा निलम्वन गरिएको होइन । छानबिन गर्न लागिएको हो ।’ तर, भट्ट मन्त्रालय गएका छैनन् । 

अहिले परिषद्को सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेललाई पठाइएको छ ।

भट्ट विरुद्ध भृकुटीमण्डप टुकुचास्थित जग्गा भाडामा अनियमितता गरेको, गैरसरकारी संस्थालाई आर्थिक सहायता बाँडेको, आफ्ना नातेदारलाई करारमा नियुक्त गरेकोलगायतको उजुरी परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?