काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।
बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया