आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
70
Shares

१. स्थानीय तह निर्वाचनअन्तर्गत ७५० वटा पालिकाको मतपरिणाम सार्वजनिक, विभिन्न कारणले मतदान स्थगित भएका र मतगणनामा हुन नपाएका ३ वटा पालिकामा पुनः मतदान हुने निर्वाचन आयोगको भनाइ ।

२. हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी, देशभरबाट २५ वटा पालिकाप्रमुखसहित ३ पालिकाको प्रमुख र उपप्रमुखमा महिला नेतृत्व ।

३. नेपाली समाज विचलनतिर गइरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइ, क्षणिक र व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी ।

४. काठमाडौंलाई विश्वकै नमूना सहर बनाउने काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहको प्रतिबद्धता, हरेक सार्वजनिक बसमा सीसीटीभी र जीपीएस सिस्टम जडान गरिने ।

५. निजगढ विमानस्थल रोकिनुको पछाडि गलत मनसाय हुनसक्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आशंका, विमानस्थल निर्माणकार्य रोक्नुको कुनै कारण नभएको जिकिर ।

६. पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर १० रुपैयाँ घटाउने सरकारको तयारी, खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने ।

७. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेशप्रति कांग्रेस र माओवादी मौन, एमाले र अन्य दल भने आक्रोशित ।

८. विश्वसनीय प्रक्रियाबाट द्वन्द्वमा मानव अधिकार उल्लंघन घटनाको सत्य उजागर गर्न मानव अधिकार आयोगको माग, द्वन्द्वपीडितले छिट्टै न्यायको अनुभूति गर्न पाउने गरी काम गर्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रतिबद्धता ।

९. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभामा निरन्तर छलफल, राष्ट्रियसभाबाट भने बहुमतले पारित ।

१०. ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने सरकारको तयारी, असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने स्वास्थ्य मन्त्रालयको भनाइ ।

११. सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घट्दा एक अर्ब २९ करोडको कारोबार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता ।

१२. विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी, खाद्यान्न, ऊर्जा र मलको मूल्यवृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त ।

१३. यौनकर्मीबारे भारतले ग¥यो ऐतिहासिक निर्णय, सम्मानजनक जीवनयापनदेखि अधिकारलगायत बच्चासम्मका कुरा समेटिए ।

१४. एन्फाको नयाँ नेतृत्वका लागि अध्यक्षसहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी, असार ६ गते हुने निर्वाचनबाट २१ सदस्यीय कार्यसमितिका चयन हुने ।

१५. र नेपाल क्रिकेट संघ (क्यान)द्वारा आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिगमा स्वामित्व खरिदका लागि टेन्डर आह्वान, क्यानले पहिलो पटक आयोजना गर्न लागेको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?