काठमाडौं अपडेट : सकियाे १ लाख ५७ हजार मतकाे गणना, बालेन अग्रस्थानमा कायमै

लोकपथ
16.2k
Shares

काठमाडौं । काठमाडौं महानगरकाे २३ वटा वडाको मत गणना सिकएकाे छ । २३ वडाकाे मतगणना सकिँदा १ लाख ५७ हजार मतकाे गणना भएकाे छ । पछिल्लाे मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । साहले ५१ हजार भन्दा बढी मत पाइसकेका छन् ।

दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले  ३२ हजार ४३० मत पाएकी छिन् भने  नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत पाएका छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेकाे छ ।

हालसम्म कांग्रेसले १४ वडा जितेकाे छ र एमालेले ९ वटा वडा जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?