काठमाडौं । ललितपुर महानगरको वडा नम्बर २४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेदवार दिनेशजंग पाण्डेले १ हजार ६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामहरि महर्जनले ८ सय ९७ मत ल्याए ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ३६ हजार ९ सय ३८ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७ सय ६८ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया