काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमाले २०२ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले १२१ स्थानमा जित हात पारेको छ । जनता समाजवादी पार्टी, नेपालले ३० स्थानमा जित हात पार्दा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १९ स्थानमा हात पारेको छ ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुईवटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।
स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया