बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका राजन पौडेल निर्वाचित

लोकपथ
301
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा बाजी मारेको छ । जितपुर सिमरा उपमहानगरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् ।

पौडेलले १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको मेयरमा आफ्नो स्थान सुरक्षित पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?